+
+

पूर्वी सिरियाको सैन्य अखाडामा अमेरिकाको आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १० गते १०:२२

१० कात्तिक, काठमाडौं । पूर्वी सिरियाको दुई सैन्य अखाडामा आक्रमण गरेको अमेरिकाले बताएको छ । इराक र सिरियामा रहेका अमेरिकी सेनाको आत्मरक्षाका लागि हवाई आक्रमण गरेको अमेरिकी रक्षामन्त्री लोयर्ड अस्टनले बताएका छन् ।

अमेरिकाका अनुसार यो हतियार भण्डारको प्रयोग इरानी सैन्य बल र योसँग जोडिएको समूहले गर्दै आएको थियो । रक्षामन्त्री अस्टिनले भनेका छन्, ‘अमेरिकी सेनामाथि इरान समर्थित आक्रमण स्वीकार गरिने छैन र यसलाई रोकिनेछ ।’

पेन्टागनका अनुसार गाजामा तनाव बढेयता सातामा इराकमा कम्तिमा १२ पटक र सिरियामा चार पटक अमेरिकी सैनिक क्याम्पमा आक्रमण भएको छ । ड्रोन र रकेटमार्फत भएका आक्रमणमा परी २१ अमेरिकी सैनिक गम्भीर घाइते भएका छन् । हाल इराकमा २ हजार ५०० र सिरियामा ९०० अमेरिकी सैनिक छन् ।

अमेरिकी रक्षामन्त्री अस्टिनले अमेरिकाले गरेको कारबाहीको इजरायल र हमासबीच चलिरहेको संघर्षसँग सम्बन्धित नभएको समेत बताएको बीबीसीले जनााएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?