+
+

‘आईएमई गरौं,करोडपति बनौं’ योजनामा कलाकारहरूको उत्साहजनक सहभागिता

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १० गते १२:४४

काठमाडौं । रेमिटेन्स सेवा प्रदायक कम्पनी ‘आईएमई’ तथा डिजिटल वालेट ‘आईएमई पे’ ले ‘आईएमई गरौं,करोडपति बनौं’ योजना  सार्वजनिक गरेको छ । जसमा आईएमई  तथा आईएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका पनि रहेको छ।

आफ्नो स्थापनादेखि नै अभिनेता दीपकराज गिरी र अभिनेत्री दिपाश्री निरौलालाई ब्राण्ड एम्बासडरको रुपमा परिचित गराएको आईएमई तथा आईएमई पेले यस योजनामा पनि एम्बासडरको रुपमा रहने कम्पनीले जनाएको छ ।

यस योजनाको थप जानकारी हरेक दिन आईएमई तथा आईएमई पे’ को अफिसियल टिकटक लाइभ मार्फत प्राप्त गर्न सकिने छ । जसमा नेपालको चर्चित कलाकारहरू यसराज गराच, साक्षी लम्साल, प्रणिमा दाहाल तथा छन्दे भनेर चिनिने गोपाल ढकाल ब्रान्ड इन्फ्लुन्सरको रुपमा संग्लनता रहेका छन् ।

गायक आनन्द कार्की पनि आईएमई तथा आईएमई पे’मा जोडिएका छन् भने नेपालकी चर्चित अभिनेत्री वर्षा राउतलाई पनि आईएमई तथा आइएमई पे’ द्वारा प्रवर्द्धित भिडियोामा देख्न सकिने छ ।

‘आईएमई पे’ ओटीटी प्लेटफर्मकान्तिपुर सिनेमास्सको एकमात्र एक्सक्लुसिव पेमेन्ट पार्टनरपनि रहेको छ। जसको माध्यमबाट पनि आईएमई तथा आईएमई पेमा कलाकारहरुको चासो बढेको छ ।

खेल तथा खेलाडीसँग पहिले देखिनै सहकार्य गर्दै आइरहेको आईएमई तथा आईएमई पे’ मा हाल कलाकारहरुको पनि बृहत संग्लनताले जनताको विश्वासलाई अझै माथि पुर्‍याएको कम्पनीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?