+
+

सन्दीपको पुनरागमनसँगै टिम ब्यालेन्स भयो : कप्तान पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते ११:४०

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले स्पीनर सन्दीप लामिछानेको पुनरागमनसँगै टिम ब्यालेन्स भएको बताएका छन् ।

भोलिदेखि काठमाडौंमा सुरु हुने टी-२० विश्पकपको एसिया छनोटमा नेपालले सिंगापुरसँग खेल्नेछ । खेलको अघिल्लो दिन त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देसाईले सन्दीप खेलका लागि तयार रहेको बताए ।

कप्तान पौडेलले थपे, ‘स्याण्डी दाइ आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ ।’

नेपाली टिममा पाँच जना बलर छन्, कसलाई नखेलाउने भन्ने दुविधा हुन्न भन्ने प्रश्नमा उनले कन्डिसनअनुसार प्लेइङ-११ बारे निर्णय लिने बताएका छन् ।

तस्वीर : शंकर गिरी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?