+
+

भ्वाइस अफ नेपालमा चारैजना कोचको ‘ड्रीम टिम’ तयार (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १३:५६

काठमाडौं । टिभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ब्लाइण्ड अडिसन सकिएको छ । शनिबार ब्लाइण्ड अडिसनको अन्तिम एपिसोड प्रसारण भयो, जहाँबाट ६४ प्रतिस्पर्धी ब्याटल राउण्डमा प्रवेश गरेका छन् । योसँगै ब्याटल राउन्डको समीकरण पूरा भएको छ ।

चारैजना कोचको ‘ड्रिम टिम’ तयार भएसँगै भ्वाइसका आगामी चरण अझ रोचक हुने अनुमान छ । एक कोचको ‘ड्रीम टिम’मा १६ जना समावेश छन् । ब्याटल राउण्डमा प्रत्येक टिमबाट दुई-दुई जनाले प्रतिस्पर्धा गर्नेछन् ।

ब्याटलमा एक टिममा आठ जना गरी ३६ जना छनोट हुनेछन् । चारै कोचले एक–एक ट्यालेन्ट स्टिलबाट प्राप्त गर्नेछन् । आगामी शुक्रबारदेखि ब्याटल राउण्ड सुरु हुनेछ ।

यस्तो छ चार ‘ड्रीम टिम’ :

टिम मिलन नेवार

विमला गुरुङ, विनोद राई, दिव्या थापा मगर, फ्याथम ब्याण्ड, कैलाश बिके, कञ्चन पुन मगर, कुरवान अलि मिया, लक्ष्मी नेपाली, नारायण गहतराज, पारस पुरी, रिसभ पन्थी, सञ्जय बराल, स्मिता प्रधान, सुसन बागदास, त्रिजा प्रधान र युकेश राई ।

टिम उदय सोताङ

आशिष रणपहेंली, अञ्जली विश्वास, विवेक बस्नेत, दिप्क्रित मगर, गीताञ्जली थापा, कुमार प्रयास, लक्ष्मी राना, ममता हिङमाङ, मीनबहादुर बिके, मुक्तिराज दाहाल, पार्वती राई, प्रज्वल कार्की, प्रशान्त सिवाकोटी, रोजिना बस्नेत, सुमी सुब्बा र सुस्मिता शर्मा ।

टिम प्रमोद खरेल

आशिष चन्द, अमित रसाइली, अमृत लिम्बू, अपेक्षा राई, दिग्जेल तामाङ, एलिया गुरुङ, गीता गुरुङ, कमलराज जोशी, मनिषा सुनार, मेघना ज्ञवाली, नोगेन हाङ्सुरुम्बा, सामना घतानी, समीर खरेल, सिद्धान्त परियार, शिवानी बिके र तेन्जिङ डोल्मा गुरुङ ।

टिम राजेशपायल राई

अर्जुन सुनार, आश्विन राई, विनय प्रजा, दीपक तामाङ, हेन्जन मक्कर बहादुर, मान्मा बी राई, मिलन बिके, मोनिका राई, प्रमिला बानियाँ, रिजन लोहनी, रोदा राई, सौगात राई, सोनम समाल, सुनिता सान्यक, टोपेन्द्र टिकार्थी र उषा गुरुङ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?