+
+

गुटेरेसको सम्बोधन सुन्न सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १४:३२

१२ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गर्ने सम्बोधनको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाइएको छ ।

सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटेरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराएका हुन् ।

गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि आइतबार राति नेपाल आएका छन् ।

गुटेरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि सांसदहरुलाई उपस्थित भइसक्न सभामुख देवराज घिमिरेले अनुरोध गरेका छन् ।

साथै उनले औपचारिक पोशाकमा आउन समेत भनेका छन् । ‘उक्त दिन औपचारिक पोशाकमा उपस्थित भइदिनुहुन अनुरोध गर्दछु’, सभामुख घिमिरेले सांसदहरुलाई भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?