+
+

सुदूरपश्चिममा दशैंमा ९ जनाको दुर्घटनामा मृत्यु, ११ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १५:३८

१२ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैंका बेला भएका गाडी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म भएका दुर्घटनामा ९ जनाको मृत्यु र ११ जना घाइते भएका हुन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल उप्रेतीका अनुसार अवधिमा कैलालीसहितका पाँच जिल्लामा मात्र गाडी दुर्घटना भएका छन् ।

कैलालीमा भएका १० दुर्घटनामा पाँच जनाको मृत्यु हुँदा डडेल्धुरा, बझाङ, अछाम र बाजुरामा थप एक÷एक जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक उप्रेतीले बताए ।

विगतका वर्षजस्तै यो वर्ष पनि दुई पाङ्ग्रे सवारीसाधन बढी दुर्घटनामा परेका छन् । गत वर्ष दशैं र तिहारका बेला भएका २४ वटा दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको थियो भने ४४ जना घाइते भएका थिए । यो वर्ष भने दशैंका बेला मात्र ९ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले भने दुई पाङ्ग्रे सवारीसाधन र पैदल यात्रीलाई ठक्कर दिदा मृतकको संख्या बढि देखिएपनि ठूलो खालको दुर्घटना नहुनुलाई सन्तोषजनक मानेको छ ।

‘यो वर्ष एउटै दुर्घटनाबाट धेरैको ज्यान जाने खालका ठूला दुर्घटना भएका छैनन् । दुई पाङ्ग्रे सवारीसाधन र पैदल यात्रीलाई ठक्कर दिँदा मृतकको संख्या बढेको छ’, डीएसपी उप्रेतीले भने, ‘दशैंमा सञ्चालन गरिएका जनचेतनामूलक कार्यक्रम, चालक र स्वयं यात्रु सचेत हुँदा यो वर्ष धेरै क्षति व्यहोर्नुपरेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?