+
+

आँचल बिकिनीमा खुल्दा स्वस्तिमा गाउँले पहिरनमा चिटिक्क

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १३:५१

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को दोस्रो चरणको छायांकन तिहारपछि हुँदैछ । दशैंअघि ओखलढुंगामा पहिलो चरणको छायांकन सकाएको यो फिल्म अहिले विश्राममा छ ।

यो विश्रामको मौकामा दयाहाङ राई ‘रंगेली’ र ‘अञ्जिला’मा व्यस्त छन् भने आँचल शर्मा विदेश भ्रमणमा छिन् । यो मौकामा आँचल पति उदीप श्रेष्ठसँग फिलिपिन्स घुम्न निस्किएकी छन् । इन्स्टाग्राममा उनले फिलिपिन्स घुमघामका हट र रोमान्टिक तस्वीर सेयर गरेकी छन् ।

बिकिनीमा खुलेकी आँचलको उदीपसँग रोमान्टिक दृश्यलाई मनिलाको समुन्द्री तटमा देख्न सकिन्छ । जहाँ उनीहरुले ‘कपल–होलिडे’को रमाइलो गरिरहेका छन् । ‘दिनभर घाम, बालुवा र मुस्कान’ आँचलको क्याप्सन छ ।

अर्कोतर्फ, अभिनेत्री स्वस्तिमा खड्कालाई यतिबेला फिल्म प्रवर्द्धनको चटारो छ । ‘भष्मे डन’ हलमा चल्दै गर्दा स्वस्तिमा यतिबेला तिहारमा प्रदर्शनको तयारीमा रहेको ‘दिमाग खराब’को प्रचारमा जुटेकी छन् ।

‘दिमाग खराब’को क्यारेक्टर तस्वीर इन्स्टाग्राममा सेयर गर्दै स्वस्तिमा लेख्छिन्, ‘तपाईंले पशुपतिप्रसाद : भष्मे डनमा मैनालाई देखाउनुभएको मायाको लागि धन्यवाद । अब पालो दिमाग खराबको ।’ यो तस्वीरमा स्वस्तिमालाई ग्रामीण विवाहित महिलाको भूमिकामा देख्न सकिन्छ ।

स्वस्तिमा र आँचल अहिलेका व्यस्त अभिनेत्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?