+
+

विपक्षी दलका नेताको मर्यादाक्रम बढुवा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १७:१६

१३ कात्तिक, काठमाडौं । दलहरुबीच प्रतिनिधिसभाको प्रमुख विपक्षी दलका नेताको मर्यादाक्रम दुई तह बढाउने सहमति भएको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले प्रतिनिधि सभाको विपक्षी दलका नेताको मर्यादाक्रम पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीकै लहरमा रहने गरी ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ मा सहमति जुटाएको छ ।

हाल प्रतिनिधि सभाका विपक्षी दलका नेताको मर्यादाक्रम ८ औं नम्बरमा छ । अब विपक्षी दलका नेताको मर्यादाक्रम पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषदका अध्यक्षसरह छैटौं नम्बरमा राख्ने सहमति भएको छ ।

हाल प्रचलित मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशपछिको ५ औं नम्बरको मर्यादाक्रममा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष छन् ।

छैठौं नम्बरमा पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषदका अध्यक्ष छन् । सातौं नम्बरमा प्रदेश प्रमुख (आफ्नो प्रदेशिभित्र) छन् ।

८ औं नम्बरमा विपक्षी दलको नेता भन्दा अगाडि संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख (आफ्नो प्रदेश बाहिर) छन् । त्यसपछि बल्ल विपक्षी दलको नेताको मर्यादाक्रम छ ।

यो व्यवस्थालाई बदलेर विधायन व्यवस्थापन समितिले पूर्वप्रधानमन्त्रीको लहरमा लगेर विपक्षी दलको नेतालाई राख्ने गरी सहमति जुटाएको हो ।

विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईका अनुसार विधेयकको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रिय सभाको बैठकमा पेश गर्ने तयारी छ । राष्ट्रिय सभाको बैठक मंगलबार साँझ पौने ५ बजे बस्ने गरी बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?