+
+
टी-२० विश्वकप एसिया छनोट :

नेपालले मलेसियाविरुद्ध बलिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १२:५६

१४ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्दैछ ।

मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो।

सिंगापुरविरुद्ध खेलेको नेपाली टिममा कुनै परिवर्तन भएको छैन ।

मलेसियाको टिममा भने दुई परिवर्तन गरिएको छ । खिजर हायत र रिजवान हैदरको स्थानमा आज फित्री साम र अइनुल हाफिज यातिम पहिलो रोजाइमा खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?