+
+
Shares

जुवाको खालबाट कलाकार इकु र गजित विष्टसहित ९ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते २१:४०
अभिनेता इकु (बायाँ) र गजित विष्ट ।

१४ कात्तिक, काठमाडौं । जुवातास खेलेको आरोपमा प्रहरीले काठमाडौंको मैतीदेवीबाट केही कलाकारलाई पक्राउ गरेको छ ।

शनिबार राति मैतीदेवीको डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीको सिंहदरबार वृत्तले अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकर आचार्य, गायक चक्र बमलगायत ९ जनालाई पक्राउ गरेको हो ।

उक्त डान्स तालिम केन्द्रलाई अभिनेता गजित विष्टले संचालन गर्छन् ।

उनीहरुलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ । उनीहरुलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?