+
+

चार सहरमा एक्सिस ब्याण्ड गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते १६:२५

काठमाडौं । सांगीतिक ब्याण्ड एक्सिसले देशका प्रमुख चार सहरमा कन्सर्ट गर्ने भएको छ । ‘एक्सिस नेपाल टुर’ नाम दिइएको उक्त कन्सर्ट काठमाडौं, ललितपुर, भक्तपुर र दमकमा हुन लागेको हो ।

कन्सर्टको सुरुवात चाहिँ आगामी शनिबार अर्थात नोभेम्बर ४ मा ललितपुरको अपटाउन झम्सिखेलबाट हुने जनाइएको छ । ब्याण्डका अनुसार कन्सर्ट हेर्न चाहने दर्शकले इ-सेवाबाट टिकट लिन सक्नेछन् ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीइ नेटवर्क)को प्रस्तुति रहने कन्सर्टमा व्याण्डले ‘तिमी फेरी आउन’, ‘अधुरो प्रेम’, ‘मुस्कान’, ‘मेरो प्रेम’, ‘हे मोरी’, ‘सात समुन्द्र’ र ‘घर गाउँ’ लगायतका गीत गुञ्जनेछन् ।

शैंअघि पोखरा, चितवन, बुटवल र झापामा कन्सर्ट गरेको थियो । यी कन्सर्टमा युवा दर्शकको उल्लेख्य उपस्थिति थियो । कन्सर्टमा एक्सिसले पछिल्लो रिलिज ‘पाइला’ पनि दर्शकलाई सुनाएको थियो । सबै कन्सर्ट हाउसफूल थिए ।

उक्त कन्सर्टका भिडियो क्लिप टिकटकमा भाइरल भएका थिए । पीभीई नेटवर्कका विकेश कायस्थका अनुसार दशैं अघिको कन्सर्ट निकै सफल भएको थियो ।

‘अबको कन्सर्टमा पनि दशैं अघिको भन्दा अझ राम्रो संख्यामा दर्शकको साथ पाउनेमा ढुक्क छौं’, उनले भने, ‘कन्सर्टको बीचमा भारतमा पनि कार्यक्रम गर्दा दर्शकको साथ राम्रो पायौं । सबै ठाउँमा इभेन्टका टिकट बिक्री भएकाले दर्शक उल्लेख्य थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?