+
+

एलन मस्कको चेतावनी : एआईले गर्दा मान्छे नै लोप हुनसक्छ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १३:१८

टेस्ला तथा एक्स लगायतका कम्पनीका मालिक रहेका अर्बपति एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिका विषयमा गम्भीर टिप्पणी गरेका छन् ।

उनका अनुसार आर्टिफिसियल इन्टेलिजेन्सले पृथ्वीबाट मानिसकै अस्तित्व लोप गराउन सक्ने खतरा रहेको छ ।

कमेडियन जो रोगानको पोडकास्टमा मंगलबार बोल्दै मस्कले यदि एआईलाई वातावरण अभियानकर्मीहरुको हातमा प्रोगामिङ गर्न दिएमा त्यसले मानव सभ्यतालाई नै लोप गराउने दाबी गरे ।

कतिपय मानिसहरुले मानव जीवनलाई समाप्त पारेर पृथ्वी बचाउनका लागि प्रविधिको प्रयोग गर्ने उनको भनाइ छ ।

बेलायतमा आयोजना हुन लागेको एआई सुरक्षा सम्मेलनको अगाडि मस्कको यस्तो भनाइ बाहिर आएको छ । उक्त सम्मेलनमा सहभागी भएर मस्कले बेलायती प्रधानमन्त्रीलाई समेत भेट्ने कार्यक्रम छ ।

धेरै विज्ञहरुले भने मस्कको यस्तो चेतावनीलाई अतिशयोक्तिपूर्ण भनेर टिप्पणी गरेका छन् ।
मेटा कम्पनीको विश्व मामिला अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री निक क्लेगले मानिसहरुले तत्कालका समस्या समाधान गर्नुको साटो काल्पनिक बनेर भविष्यवादी भविष्यवाणीहरु गर्ने काम गर्न नहुने बताएका छन् ।

वातावरणीय आन्दोलन निकै टाढा पुगेकोमा त्रसित भएर आफूले यस्तो टिप्पणी गरेको मस्कको भनाइ छ ।

उनी भन्छन्, ‘यदि तपाईंले मानिसहरु खराब हुन् भनेर सोच्न थाल्नुहुन्छ भने यसको प्राकृतिक निष्कर्ष हुन्छ कि सबै मानिस समाप्त हुनुपर्छ । यदि एआईलाई विलोपनवादीहरुले प्रोग्रामिङ गर्ने हो भने यसको उपादेयता भनेकै मानव सभ्यताको विलोपन हो । वातावरणवादीहरु यसो गर्नुलाई पनि गलत ठान्दैनन् ।

सम्मेलनको पूर्वसन्ध्यामा बिहीबार एलन मस्कले आफ्नो एक्स प्लाटर्फममा बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग बोल्ने कार्यक्रम छ ।

सम्मेलनमा विश्वका सर्वाधिक शक्तिशाली मुलुकहरुका प्रतिनिधिहरु बोल्ने कार्यक्रम छ र त्यसमा एआईको महत्वपूर्ण खेलाडिको रुपमा उदाइरहेको चीनका प्रतिनिधि पनि सामेल हुनेछन् ।

स्मरण रहोस् प्रविधिका विभिन्न क्षेत्रमा चीन र पश्चिमा जगतको सम्बन्ध चिसिएको छ । तथापि चिनिया उपप्रधानमन्त्री ऊ झाओहुईले भने एआईको क्षेत्रमा खुल्लापनको भावना आफूहरुको चाहना रहेको बताएका छन् ।

उनले भनेका छन् , ‘उनको साझेदारीका साथै एआई प्रविधिमा सबै जनताको पहुँचस्थापित गर्नका लागि हामी विश्वव्यापी साझेदारीको आह्वान गर्दछौं । मुलुकहरुको आकार तथा शक्ति जति भए पनि उनीहरुलाई एआइको विकास र प्रयोग गर्ने समान अधिकार छ ।

निकै महत्वपूर्ण छ एआई

कतिपय मानिसहरुले एआईका चुनौतीका विषयमा मस्ककै जस्तो व्याख्या गर्ने भए पनि धेरैजना चाहिं एआईको वास्तविक तथा सम्भावित खतराका विषयमा सहमत छन् ।

सम्मेलनअघि बोल्दै गुगलको डीपमाइन्ड प्रोजेक्टका सहसस्थापक डेमिस हासाबिसले छिटो हिड्ने र सबै कुरा तोड्ने सिलिकन भ्यालीसँग जोडिएको मन्त्र हटाउनुपर्ने बताए ।

उनी भन्छन्, ‘यसले भीमकाय कम्पनीहरु स्थापना गर्नुका साथै हामीलाई धेरै महान खालका सेवा तथा एप्लिकेसनहरु प्रदान गर्नमा अत्यन्तै सफल भएको छ । तर एआई अति नै धेरै महत्वपूर्ण यसअर्थमा पनि छ कि हामीले यो प्रविधिलाई बुझेर सुरक्षित तथा जिम्मेवार ढंगले यसको प्रयोगलाई सुनिश्चित गर्न हामीले धेरै काम गर्नु आवश्यक छ ।’

उनका अनुसार गलत सूचनाहरु तथा डीपफेक सिर्जना गर्नु र नियतबस रुपमा खराब पात्रहरुबाट प्रविधिको दुरुपयोग गर्ने जस्ता कुराहरु एआईका सम्भावित खतराहरु हुनसक्छन् ।

एआई सुरक्षा शिखर सम्मेलन

आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी २ दिने विश्वस्तरीय सुरक्षा शिखर सम्मेलन बेलायतको ब्लेटले पार्क क्याम्पसमा नोभेम्बर १, बुधबार देखि सुरु भएको छ । दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको कोड ब्रेक गर्न सफल कोडब्रेकरहरुको घर रहेको उक्त ठाउँमा हुने सम्मेलनमा विश्वका १०० भन्दा धेरै नेता, प्रविधि उद्यमी, विज्ञ, प्राज्ञ तथा अनुसन्धानकर्ताहरु सहभागी भएका छन् ।

सम्मेलनमा एआईको लाभलाई कसरी बढाउने भन्ने बारेमा छलफल भैरहेको छ । नयाँ औषधिको आविष्कारदेखि जलवायु परिवर्तनको समस्या समाधान लगायतमा एआईको प्रयोगको सम्भावनाका विषयमा सहभागीहरुले गहन छलफल गर्दैछन् ।

साथै सम्मेलनमा जैविक आतंकवाद र साइबर आक्रमणका विषयमा पनि छलफल हुनेछ । सम्मेलनमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसदेखि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन दर लेयेनलगायत सहभागी छन् ।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?