
१६ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय, परीक्षा शाखाले बीएससी सीएसआइटीका विद्यार्थीलाई मेरिटको आधारमा भर्ना हुन सूचित गरेको छ ।
शाखाले बुधबार सूचना जारी गर्दै संस्थान, डीनको कार्यालयले गत २९ असोजमा प्रकाशित दोस्रो तथा पूर्ण सूचीलाई आधार मानी भर्नाका लागि आवेदन दिएका विद्यार्थीलाई मेरिटको आधारमा भर्ना हुन सूचित गरेको छ ।
शाखाले बीएससी सीएसआइटी पढाई हुने संस्थान अन्तर्गत आंगिक क्याम्पस÷सम्बन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ प्रणाली अनुसार पठन पाठान हुने चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआइटी) विषयको २९ असोजमा प्रकाशित दोस्रो तथा पूर्ण सूचीलाई आधार मानी भर्नाका लागि आवेदन दिएका विद्यार्थीलाई मेरिटको आधारमा भर्ना हुन सूचित गरेको हो ।
प्रतिक्रिया 4