+
+

कुमारी बैंकको नाफा घट्यो, १ अर्ब २५ करोड ब्याज उठेन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १३:२६

१७ असोज, काठमाडौं । एनसीसी बैंकसँग मर्जर भएको कुमारी बैंकको नाफामा उच्च गिरावट भएको छ । गत आर्थिक वर्षमा एनसीसी बैंकसँग मर्जर भएको कुमारी बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २६ करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको प्रथम त्रैमासमा कुमारी बैंकले आर्जन गरेको नाफा भन्दा ७३.६५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले १ अर्ब नाफा कमाएको थियो ।

गत आर्थिक वर्ष २०७९/८० मा एनसीसी बैंकसँग मर्जर भएको कुमारी बैंकको मर्जर अगाडि दुवै बैंकले भन्दा खुद ब्याज आम्दानीमा गिरावट भएको छ ।

यस्तै प्रोभिजनमा पनि उच्च वृद्धि हुँदा नाफा घटेको हो । बैंकको निष्क्रिय कर्जा १.८९ प्रतिशतबाट बढेर ४.८९ प्रतिशत पुगेको छ । जसले गर्दा बैंकको सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजनमा उच्च वृद्धि भएको हो ।

प्रथम त्रैमासमा बैंकले ३ अर्ब ५ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुमारी बैंकले मात्रै १ अर्ब ९७ करोड २३ लाख खुद ब्याज आम्दानी गरेकोमा चालु आवको प्रथ्म त्रैमासमा ५४.२४ प्रतिशतले बढेको देखिन्छ ।

Premium mobile phone screen mockup template

तर, कुमारीमा मर्जर भएको एनसीसी बैंकले पनि गत आवको प्रथम त्रैमासमा १ अर्ब १२ करोड ७० लाख खुद ब्याज आम्दानी गरेकोले यस आधारमा बैंकको खुद ब्याज आम्दानी बढेको देखिन्छ ।
खुद ब्याज आम्दानी घटेको बैंकको सम्भावित कर्जा नोक्सानीको प्रोभिजनमा पनि उच्च वृद्धि भएको छ । गत आवको प्रथम त्रैमासमा कुमारी बैंकले ७ करोड प्रोभिजन राइट ब्याक गर्दा एनसीसी बैंकले ६ करोड मात्रै प्रोभिजन गरेको थियो । तर, चालु आवको प्रथम त्रैमासमा बैंकले २ अर्ब १८ करोड रुपैयाा प्रोभिजन गरेको छ । जसले बैंकको नाफामा उच्च गिरावट भएको हो ।

असोज मसानतमा प्रोभिजन बढेसँगै बैंकको सञ्चालन नाफा पनि घटेर ४३ करोड ६६ लाखमा झरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४३ करोड १३ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

मर्जरपछि २६ अर्ब २२ करोड ५९ लाख चुक्ता पूँजी पुगेको बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी २७ रुपैयाँ २३ पैसाबाट ४ रुपैयाा ३ पैसामा झरेको छ । बैंकको सञ्चित नोक्सानी २ अर्ब १६ करोड ५७ लाख पुगेको छ । यस्तै जगेडा कोषमा १२ करोड ९१ लाख ५८ हजार छ । असार मसान्तमा बैंकको नउठेको ब्याज १ अर्ब २५ करोड भन्दा माथि छ । यससँगै बैंकको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ३३ पैसा छ भने मूल्य आम्दानी अनुपात ३८.६३ गुणा छ ।

असोजमा बैंकको पूँजीकोष अनुपात १२.०८ प्रतिशत, कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८६.०१ प्रतिशत र आधार दर १०.९१ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?