+
+

महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १६:०७

१७ कार्तिक, जनकपुरधाम । महोत्तरीमा आफैले चलाएको ट्याक्टर पल्टिदा किचिएर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक महोत्तरीकै पिपरा गाउँपालिका ६ बस्ने वर्ष ३६ का रामगुलाम यादव रहेका छन् ।

उनले चलाइरहेको प्रदेश २–०२–००१ त १९६९ नम्बरकोआज दिउँसो महोत्तरीको लोहरपट्टी नगरपालिका ८ भ्रमपुराको बिगही नदिको किनारमा पल्टिदाँ उनको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको र घटना विषयमा थप अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?