 
																			६ माघ, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-१ को बोहरावाडामा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको । तीन जना घाइते भएका छन् ।
चंखेली गाउँपालिका- ३ को लोतीबाट नुन बोकेर १ नम्बर वडातिर गइरहेको ट्याक्टर दुर्घटना हुँदा चंखेली गाउँपालिका-१ का करिब ३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको हो ।
लु४त ७७२० नम्बरको ट्याक्टर दुर्घटना हुदाँ चंखेली गाउँपालिका-१ का अन्दाजी ४० का मानबहादुर बोहरा सोही वडाकै वर्ष ४५ का धना बोहरा र वर्ष १० का चरी बोहरा घाइते भएका छन् ।
घटना स्थलतर्फ मिमि प्रहरी पुगिसकेको छ । घाइतेहरूको चंखेली गाउँपालिकाले खर्च बेहोर्ने गरी उद्वारका लागि गृहमन्त्रालयमा पत्रचार गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।
हेलिकप्टरबाट उद्वारको लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेल बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4