+
+

नदीमा खसेका छोरा बचाउन गएकी आमाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १६:३८

१७ कात्तिक, काठमाडौं । कालीगण्डकीमा डुबेका आफ्ना छोरा बचाउन नदीमा हामफाल्दा घाइते भएकी पर्वत विहादी गाउँपालिका-६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ ।

शुक्रबार बिहान साढे ९ बजे स्याङ्जाको गल्याङ नगरपालिका-७ सेतीवेणीमा शिला दर्शन गर्ने क्रममा भट्टराईका ४ वर्षका छोरा रियान्स कालीगण्डकी नदीमा खसेका थिए । छोरा बचाउन नदीमा हामफालेकी रीतु गम्भीर घाइते भएकी थिइन् । प्रहरीले कालीगण्डकी नदीबाट आमाछोराको जीवितै उद्दार गरेको थियो ।

त्यसपछि उपचारका लागि मिर्मिको कालीगण्डकी अस्पताल पठाइएको थियो । तर डाक्टरले रीतुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह थापाले जानकारी दिए । ४ बालक रियान्सलाई भने थप उपचारका लागि पाल्पाको मिमन अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?