+
+
स्थलगत :

जाजरकोट भूकम्प : ‘जिल्लाका स्वास्थ्य संस्थाले थेग्ने अवस्था छैन’

यज्ञ खत्री यज्ञ खत्री
२०८० कात्तिक १८ गते ८:०८

१८ कात्तिक, खलंगा । शुक्रबार राति गएको भूकम्पले जाजरकोटमा ठूलो क्षति भएको छ । अहिले खोज र उद्धारको काम जारी छ । स्वास्थ्य केन्द्र र अस्पतालहररु बिरामीलेभरिएका छन् ।

मध्य रातिमा भूकम्प गएकोले ठूलो मानवीय क्षति भएको र जिल्लाका स्वास्थ्य संस्थाले थेग्न नसक्ने अवस्थामा पुगेको छ ।

अहिले उद्धारकै क्रममा रहेको र बिरामीको संख्या ठूलो भएकोले थेग्न सक्ने अवस्था नभएको जिल्ला अस्पताल जाजरकोटकी इन्चार्ज प्रतीक्षा भारतीले बताइन् ।

उनका अनुसार राति १२ बजेदेखि बिहान ७ बजेसम्म खलंगा वरिपरिका बिरामी मात्रै उद्धार गरेर अस्पताल ल्याइएको छ । नजिकका बिरामीको उद्धार गर्दा पनि अस्पतालले थेग्न नसकेको उनको भनाइ छ ।

अहिलेसम्म जिल्ला अस्पतालमा १०० जना बिरामी आएकोमा ३१ जनाको मृत्यु भएको उनले बताइन् । बिरामीको संख्या बढेकोले स्टक रहेको औषधि पनि सकिरहेको भारतीले बताइन् ।

ठूलो प्रकोप भएकोले जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीले धान्न नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिका र अरु विकट क्षेत्रमा समेत सम्पर्क हुन सकेको छैन । मुख्य सडकहरु पनि अवरुद्ध भएका छन् । यसले गर्दा उद्धारमा समस्या भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले बताए ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?