+
+

भूकम्प प्रभावित क्षेत्रमा वर्षाको सम्भावना छैन : मौसमविद्

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १९:०५

१८ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा वर्षाको सम्भावना नरहेको जनाएको छ । आजदेखि दुई–तीन दिनसम्म बादल लागे पनि पानी भने नपर्ने मौसमविद गोविन्द झाले जानकारी दिए ।

‘हामीले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्छौं, अहिलेको अवस्था हेर्दा भूकम्प प्रभावित जिल्लामा दुई–तीन दिनसम्म पानी पर्ने सम्भावना देखिएको छैन,’ उनले भने ।

राति बादल कम हुने र दिउँसोतिर बढ्ने भन्दै उनले रुकुम पश्चिम र जाजरकोटमा पानी पर्ने र हिमपात हुने सम्भावना नरहेको बताए ।

मौसमविद झाका अनुसार उच्च पहाडी र हिमाली भेगमा भने फाट्टफुट्ट हिमपातको सम्भावना छ । ‘तर डिस्टर्ब नै हुने गरी हिमपात हुँदैन,’ उनले भने ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।

मध्य र पूर्वी नेपालका केही जिल्लाहरुमा भने बदली र हल्का वर्षा भएको छ । पछिल्लो एक घण्टामा संखुवासभा, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, लम्जुङ र म्याग्दी तथा ती जिल्लाका आसपासमा हल्का वर्षा भएको मौसमविद झाले जानकारी दिए ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा रुकुम पश्चिम र जाजरकोटमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?