+
+

पाकिस्तानी प्रधानमन्त्री कक्कडको सन्देश : जस्तोसुकै सहयोग गर्न तयार छौं

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १०:५२

१९ कात्तिक, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री अन्वर उल हक कक्कडले शुक्रबार राति गएको भूकम्पमा नेपालको साथमा रहेको बताएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री कक्कडले भनेका छन्, ‘नेपालमा गएको भूकम्पमा परी अमूल्य जीवन र सम्पत्तिको क्षति भएकाहरूका लागि प्राथना गर्दछौँ । यस दुःखद घडीमा पाकिस्तान नेपालको साथमा छ र जस्तोसुकै सहयोग गर्न तयार छ ।’

यस्तै पाकिस्तानका विदेशमन्त्री जलील अब्बास जिलानीले पनि भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । ‘यस दुःखद घडीमा हामी नेपाली जनताको साथ छौं । यस विपत्तिबाट प्रभावित सबैका लागि हाम्रो प्राथना छ । पाकिस्तानले सक्दो सहयोग गर्न तयार छ’, उनले भनेका छन् ।

त्यस्तै पाकिस्तानी पिपुल्स पार्टीका अध्यक्ष तथा पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीले पनि भूकम्पबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

नेपालमा गएको महाभूकम्प र जनधनको क्षतिप्रति गहिरो दुःख । उनले दुःखको यस घडीमा आफू नेपाली नागरिकको साथमा रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?