+
+

निर्माण व्यवसाय कोषबाट भूकम्प पीडितलाई २५ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १५:२०

१९ कात्तिक, काठमाडौं । निर्माण व्यवसाय विकास परिषद्ले निर्माण व्यवसाय कोषबाट भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

परिषद्को अध्यक्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहने व्यवस्था छ ।

आइतबार बसेको परिषद्को बैठकले प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा जम्मा हुने गरी २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

यस परिषद्‍मा नेपाल निर्माण व्यवसायी महासंघ समेत सदस्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?