+
+

भाइटीकाको किनमेल : जरुरी हुन सक्छ यी ८ सामग्री

मनिषा थापा मनिषा थापा
२०८० कात्तिक १९ गते १७:३१

तिहारको किनमेल सुरु भइसकेको छ । खासगरी यतिबेला चेलीबेटीले आफ्ना माइतीका लागि विभिन्न सर-सामग्री किन्ने गर्छन् । तर, कहिले काहीँ अलमल हुनसक्छ कि के–कस्ता सरसामन छुटाउनै हुन्न ?

भाइमसला

भाइटीकाको किनमेल गर्न जाँदा छुटाउन नहुने सामग्री हो, भाइमसला । भाइटीकामा दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई टीका लगाएपछि उपहारस्वरूप ‘भाइमसला’ दिने गर्छन् । यसमा बदाम, काजु, किसमिस, ओखर, नरिवल, चकलेट, कटुसलगायतका ड्राइ फ्रुट्सहरू हुन्छन् ।

बजारमा अहिले यी सामग्रीको प्याकेज बनाउने गरेको पाइन्छ । जसले भाइमसलामा के–कस्ता सामग्री राख्ने भन्ने अन्यौलबाट मुक्त गराउन सक्छ । यस्ता प्याकेटहरू साइज र सामग्रीको आधारमा फरक फरक मूल्यमा पाइन्छ । त्यस्तै, यो सामग्री घरमै तयार पार्न पनि सकिन्छ । मसलामा चाहिने सामान छुटै किनेर ल्याएर आफनो रोजाइमा बनाउन पनि सकिन्छ ।

 ढाका टोपी

तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई भाइटीकाको दिन उपहारको रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने चलन छ ।

त्यस्तै, टोपीजस्तै दाजुभाइको शिर उच्च रहोस् भन्ने प्रतिकात्मक सन्देशसहित ढाका टोपीउपहार दिइने अर्को मान्यता छ । जसकारण पाल्पाली टोपी भाइटीकाको लागि किन्न सकिन्छ । अहिले विभिन्न थरीका टोपीहरू बजारमा बिक्रीका लागि राखिएका छन् ।

माला

भाइटीकामा दिदीबहिनीले मखमली माला दाजुभाइलाई लगाइदिने गर्छन् । मखमलीको फूलमा नओइलाउने गुण हुन्छ । त्यसैले, त्यसदिन मखमलीको फूल नओलाएको जस्तै दाजुबहिनीको सम्बन्ध पनि कहिले कमजोर भन्ने कामनाका साथ माला लगाइदिने गरिन्छ ।

त्यसैले, माला घरमा बनाउन सम्भव छैन भने बजारमा राखेका रेडिमेड माला किन्न सकिन्छ । यद्यपि, घरमै फूल उपलब्ध छन् भने आफैंले गाँसेर बनाउन सकिन्छ । मखमलीको माला सम्भव नभए गोदावरी फूल र थुङ्गा फूलको माला पनि लगाइदिन सकिन्छ ।

टीका सामग्री

भाइटीकाको दिनउमङ्गल्याउने भनेको दाजुभाइको निधारमालगाइने सप्तरङ्गी टीका हो । भाइटीकाको दिनदिदीबहिनीले दाजुभाइको यश, आरोग्यएवं दीर्घायुको कामनागर्दै निधारमा सप्तरंगी टीका लगाइदिने चलन छ ।

त्यसैले, बजारमाकिनमेल गर्न जादा यो पक्कै छुटाउनु हुदैन ।तिहारमा टीका लगाउन सातप्रकारका रंगहरुः रातो, हरियो, पहेलो, निलो, सेतो, बैजनी र गुलाबी रङको प्रयोग हुन्छ ।तिहार नजिकिएसँगैबजारभर नै अहिले यिनै रङले सज्जीएको देख्न सकिन्छ । भाइटीकाको लागिमात्रनभइलक्ष्मीपूजाको दिन रंगोलीबनाउनको लागिपनियी रङ किन्न सक्नुहुन्छ ।

पूजाको सामग्री

भाइटीकाको दिन दियोबत्ती, अभिषेक गर्न दुबो र तोरीको तेल, पूजा सामग्री राख्नथाली, सगुनको लागि दही, हाडे ओखर छुटाउन नहुने सामग्री हुन् । यीमध्ये कतिपय सामग्री घरमै उपलब्ध हुन सक्छन् र नभएको खण्डमा बजारबाट पनि   किन्न सकिन्छ । यी समाग्री सपिङको सूचीमा समावेश गर्न सक्नुहुनेछ । ताकि हतारमा कुनै पनि सामग्री नछुटून् ।

फलफूल

तिहारमा भाइमसलासँगै फलफूल पनि दिने गरिन्छ । त्यसैले, बजारमा जाँदा फलफूल पनि किन्न नछुटाउनुहोस् । फलफूल त किन्ने ? तर के किन्ने होला भन्ने दुविधा छ भने चिन्ता लिनु पर्ने कुरै छैन ।

फलफूल किन्दा दाजुभाइको रोजाइअनुसारको किन्न सकिन्छ । त्यससँगै मौसमी फलफूल सुन्तला, स्याउ, अम्बा, हलुवाबेत, मौैसम, जुनार र केरा किन्न सकिन्छ ।

मिठाइ

भाइपूजामा मिठाई अनिवार्य जस्तै हुन्छ । हुन त तिहारको विशेष भनेको सेलरोटी हो । त्यसबाहेक पनि अरु अनेकथरी मिठाई यसबेला दिने गरिन्छ । बजारमा भाईपूजालाई लक्षित गरेर मिठाई पाउन सकिन्छ ।

उपहार

भाईपूजामा ढाका टोपीका साथै विभिन्न उपहार आदनप्रदान गर्ने चलन पनि छ ।

यसबेला उपहारको रुपमा अहिले लत्ताकपडा बढी प्रचलनमा छ । जस्तो टिसर्ट, स्विटर आदि । त्यससँगै बेल्ट, वालेट, घडी पनि उपहारमा दिन सकिन्छ ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?