+
+

विदेशी पर्यटकलाई नेपालको सन्देश : पर्यटकीय क्षेत्र सुरक्षित र खुला छन्

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १८:५४

१९ कात्तिक, काठमाडौं । शुक्रबार राति जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पका कारण नेपाल यात्राबारे दोधारमा रहेका पर्यटकलाई लक्षित गरी सरोकारवालाले नेपालका पर्यटकीय क्षेत्र खुला र सुरक्षित रहेको सन्देश प्रवाह गरेका छन् ।

नेपाल पर्यटन बोर्ड तथा पर्यटनसँग सम्बन्धित निजी क्षेत्रका संघ संस्थाले भूकम्प गएको क्षेत्र केन्द्रीय राजधानी काठमाडौंबाट ५ सय किलोमिटर पर रहेको मुख्य पर्यटकीय क्षेत्रमा भूकम्पले कुनै पनि असर नगरेको बताएका छन् ।

नेपाल पर्यटन बोर्डले भनेको छ, ‘पर्यटन क्षेत्र सुरक्षित छन् र पर्यटकीय गतिविधिहरु निर्वाध रुपमा सञ्चालनमा छन् ।’

निजी क्षेत्रका नेतृत्वदायी संघसंस्थाले समेत भूकम्प प्रभावित क्षेत्र राजधानी काठमाडौं भन्दा करिब ५ सय किमि पश्चिममा रहेको र सो क्षेत्रमा पर्यटनसँग सम्बन्धित प्रत्यक्ष गतिविधि कम रहेको बताएका छन् ।

प्रकोपले काठमाडौं, पोखरा, चितवन, लुम्बिनीसहितका पर्यटन क्षेत्र प्रभावित नभई सुरक्षित रहेको भन्दै नेपाल यात्रालाई निरन्तरता दिन सरोकारवालाले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?