+
+

शिक्षाध्यक्ष भुसाललाई तीन महिना त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १८:५८

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसाललाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन् ।

१६ कात्तिकमा उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटा पदावधि सकिएर पदमुक्त भएपछि रिक्त उपकुलपति पदमा भुसाललाई जिम्मेवारी दिएका प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

कार्यालयले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अनुसार पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न बढीमा तीन महीनाको लागि जिम्मेवारी दिइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?