+
+

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रको स्वास्थ्य टोली

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १६:४१

२० कात्तिक, काठमाडौं । जाजरकोटको बारेकोट रामिडाँडा केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा अंगभंग भएकाहरुको उपचारको लागि सशस्त्र प्रहरीले टोली परिचालन गरेको  छ ।

सशस्त्र प्रहरीका डा. रोशन पराजुली र डा. निश्चल घिमिरेको कमाण्डमा दुई वटा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

डा. रोशन पराजुलीको कमाण्डमा खटिएको स्वास्थ्यकर्मीको टोलीले रुकुम पश्चिम जिल्लाको मिसन अस्पताल चौरजहारीमा रहेर घाइतेहरुको उपचार गरिरहेको छ ।

डा. निश्चल घिमिरेको टोलीले जाजरकोट जिल्लाको जिल्ला अस्पताल जाजरकोटमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेको थापाले बताए ।

भूकम्पपश्चात नेपाल एपीएफ अस्पताल बलम्बु, काठमाडौंबाट डा. रोशन पराजुलीको कमाण्ड ९ जना रुकुम पश्चिमको लागि र सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट डा. निश्चल घिमिरेको कमाण्डमा ४ जनाको स्वास्थ्यकर्मीको टोली जाजरकोटको लागि खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?