+
+
Shares

संघीय सांसदहरुको टोली भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा जाने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १८:५९

२० कात्तिक, काठमाडौं । संघीय सांसदहरुको टोली भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा जाने भएको छ ।

भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न प्रतिनिधि सभाका सदस्यहरुको एक टोली बुधबार जाजरकोट र पश्चिम रुकुम जाने तय भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा नेतृत्वको टोलीमा ९ सदस्य रहने छन् । सभामुख देवराज घिमिरेले सभापति रामहरि खतिवडालाई भूकम्पपीडितको अवस्था बुझ्न संसदीय टोली पठाउन निर्देशन दिएका थिए ।

सभामुखको निर्देशनलगत्तै सभापति खतिवडाले ९ सदस्यीय टोली जाजरकोट र पश्चिम रुकुमको स्थलगत अनुगमनमा जाने निर्णय गरेका हुन् । सभामुख घिमिरेले राज्यकोषबाट भ्रमण भत्तालगायतका अतिरिक्त सेवा सुविधासमेत नलिई अनुगमनमा जान निर्देशन दिएका छन् ।

‘संसदको नियमित अधिवेशनसमेत अन्त्य भएको अवस्था छ, जनताको आवाज संसदमा पुग्ने अवस्था छैन,’ उनको सचिवालयका अनुसार  सभामुख घिमिरेले राज्य व्यवस्था समिति सभापति खतिवडालाई निर्देशन दिँदै भनेका छन्, ‘सरकारलाई सुशासन, शान्ति सुरक्षा, कानुूनी शासनको स्थापना लगायत विभिन्न गतिविधिहरुमा आवश्यक सल्लाह, सुझाव तथा निर्देशन दिने कार्यक्षेत्र भएका नाताले तपाईंहरु प्रभावित क्षेत्रमा जानुहोला ।’

समिति सभापति खतिवडाले अनुगमन टोली सर्वपक्षीय हुने बताएका छन् । उनका अनुसार अनुगमन टोलीमा समिति सभापति खतिवडासँगै सांसदहरु गगन थापा, विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत छन् ।

सभापति खतिवडाले जहाज तथा यातायात खर्च व्यक्तिगत तवरबाटै गर्ने बताएका छन् । उनले सानो र छरितो टिम आफ्नै खर्चमा अनुगमनमा जाने निर्णय लिएको बताएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?