+
+

नागरिक लगानी कोषको नाफा १३.८ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते ९:०२

२१ कात्तिक, काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कोषले कुल २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकि कोषले गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको सेयर पुँजी पनि बढेको छ । कम्पनीको यस्तो पुँजी गत वर्षको असोज मसान्तसम्म ४ अर्ब २५ करोड रहेकोमा यो असोज मसान्तमा ५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

एक वर्षको अवधिमा कम्पनीको खुद कोष मौज्दात पनि २ खर्ब ५१ करोडबाट बढेर २ खर्ब २३ अर्ब रुपैयाँ बराबर पुगेको छ । कम्पनीको नाफा बढे पनि प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा वषिर्क प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९० पैसा रहेकोमा अहिले १९ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

मुख्यतः कम्पनीले बोनस सेयर प्रदान गरी सेयर पुँजी थप गरेकाले नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी खुम्चिन गएको हो । यहीं कारण कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १८९ रुपैयाँबाट खुम्चेर १५९ रुपैयँ ७९ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?