+
+

कामना सेवा विकास बैंकले लाभांश नदिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते ११:०८

२२ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले यो आर्थिक वर्ष सेयर लगानीकर्तालाई कुनै लाभांश नदिने भएको छ ।

मंगलबार साँझ बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको केही मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।

असार २०८० सम्मको वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने निर्णय बैठकले गरेको छ ।

गत वर्ष भने कम्पनी ४.४ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो भने अघिल्लो वर्ष १८.५ प्रतिशत बोनस सेयर दिएको थियो । मंगलबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता २९७ रुपैयाँ २० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?