+
+

भूकम्प पीडितलाई चलचित्र कलाकार संघको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १६:५३

काठमाडौं । चलचित्र कलाकार संघले जाजरकोट भूकम्पबाट प्रभावितलाई राहतस्वरुप आर्थिक सहयोग प्रदान गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै संघको तर्फबाट २५ हजार रुपैयाँ तथा कार्यसमिति सदस्य एवं साधारण सदस्य कलाकारले व्यक्तिगत रुपमा सहयोग प्रदान गरेको उल्लेख छ ।

अध्यक्ष मोहन निरौलासहित कलाकारहरु नम्रता खरेल, उद्धव भट्टराई, पुकार भट्टराई, पवन केसी, सविन श्रेष्ठ, रामेश्वर बुर्लाकोटी, रोशन श्रेष्ठ र सुनिल कटुवालले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेको संघले जनाएको छ ।

संकलित कुल ३९ हजार ८३१ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिएको उल्लेख छ । अध्यक्ष निरौलाद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘कम सानो भए पनि एकापसको सद्‍भाव, भाइचारा र मानवतालाई शिरमा राखी कर्तव्य र धर्म निर्वाह गरी मल्हम लगाउने सानो प्रयास गरेका छौं । थोपाथोपा मिलेर पोखरी हुन सक्छ भन्ने हाम्रो विश्वास रहेको छ । भूकम्पमा परी निधन भई दिवंगत हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र परिवाजनमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?