+
+

रोयल इनफिल्डको ‘हन्टर टिकटक च्यालेन्ज’ : पदम, स्मिता र रजक बने विजेता

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १८:२३

काठमाडौं । रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले प्रालिले सञ्चालन गरेको ‘हन्टर टिकटक च्यालेन्ज २०२३’ को विजेता घोषणा गरिएको छ ।

रोयल इनफिल्डको नयाँ मोडेल हन्टर ३५० सीसीसीलाई बजार प्रबर्द्धन गर्न र युवा पुस्तालाई सोसल मिडिया मार्फत आकर्षित गर्न सञ्चालित च्यालेन्जमा तीन जना विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ ।

६ असोजदेखि ३० असोजसम्म सञ्चालित च्यालेन्जको विजेता टिकटक र फेसबुक लाइभमार्फत घोषणा गरिएको थियो ।

कम्पनीका अनुसार प्रथम विजेता बनेका पोखराका पदम लामाले १ लाख, दोस्रो विजेता पोखराकी स्मिता घिमिरेले ६० हजार र तेस्रो हुने हेटौंडाका रजक शाहीले ४० हजार नगद पाएका छन् ।

तीनै जना विजेतालाई रोयल इनफिल्डको नशालस्थित शोरुममा २३ कात्तिकमा कम्पनीका निर्देशक मेघराज पोडेलले पुरस्कार रकमको चेक हस्तान्तरण गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?