+
+

लाभांश घोषणाको सूचना लुकाएपछि धौलागिरी लघुवित्तसँग नेप्सेले सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १७:०६

२४ कात्तिक, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणाको सूचना करिब २४ घण्टा लुकाएपछि नेप्सेले स्पष्टीकरण सोधेको छ । लाभांश सम्बन्धी सूचना ढिला दिएपछि नेप्सेले कम्पनीको कारोबार समेत रोक्का गरेको छ ।

२२ कात्तिकमा बसेको धौलागिरीको सञ्चालक समिति बैठकले कुल १५ प्रतिशत लाभांश घोषणा गरे पनि २३ गते बजार बन्द भएपछि मात्रै नेप्सेलाई सूचना पठाएर सार्वजनिक गरिएको थियो ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।

तर, यो कम्पनीले भोलिपल्टको कारोबार सम्पन्न भएपछि मात्रै नेप्सेमा जानकारी गराएकाले सञ्चालकहरुको नियतमाथि प्रश्नचिन्ह उठेको छ ।

लाभांश घोषणापछि सेयरको मूल्यमा प्रभाव पार्ने वा अनुकूल कारोबार गर्ने नियतले ढिला सूचना सार्वजनिक गरिएको हुन सक्ने शंका उब्जाएको छ ।

नेप्सेले हाललाई धौलागिरी लघुवित्तको कारोबार समेत स्थगन गरेको छ ।

‘यो पत्र प्राप्त भएको तीन दिनभित्र के कति कारणले समयमा नै लाभांश घोषणा सम्बन्धी जानकारी नसकेको हो ? सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न अनुरोध छ’ नेप्सेले कम्पनीलाई पठाएको पत्रमा भनिएको छ ।

यो कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?