+
+

गैरआवासीय नेपालीहरुको नयाँ संस्था दर्ता गर्ने सरकारको निर्णय, प्रक्रिया अघि बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १९:३६

२४ कात्तिक, काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीहरुको नयाँ संस्था दर्ता गर्ने निर्णय गर्दै प्रक्रिया अगाडि बढाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले शुक्रबार यूएईडीओ दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै कागजात झिकाउने निर्णय गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत वर्षको निर्वाचनका क्रममा विवाद भएपछि नेपाली मुलका विदेशी नागरिक मात्र रहने गरी युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएईडीओ) गठन भएको थियो ।

एनआरएनएका पूर्व उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठन भएको यूएईडीओ दर्ताका लागि मन्त्रालयमा ८ वैशाख २०७९ मै निवेदन परेको थियो ।

तर परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीहरुको एउटा मात्र संस्था हुने भन्दै दर्ता गरेको थिएन । संस्था दर्ताको माग गर्दै लामाको समूह सर्वोच्च गयो, जसमा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले साउन २०८० मा निवेदनको मागअनुसार गर्न परराष्ट्र मन्त्रालयको नाममा परमादेश दियो ।

सर्वोच्चको आदेशपछि मन्त्रालयले यूएईडीओ दर्ताका लागि परेको कागजपत्र परीक्षण गरेको छ ।

मन्त्रालयका अनुसार गैर आवासीय नेपालीसम्बन्धी ऐन र नियमावलीअनुसार संस्था दर्ता गर्न संघको उद्देश्य, दर्ता गराउन चाहेनहरुको विवरण, परिचयपत्रको प्रतिलिपी, पदाधिकारीको विवरण, आर्थिक स्रोत, कार्यालय रहने स्थान र प्रस्तावित विधान बुझाउनुपर्छ ।

तर यूएईडीओ दर्ताका लागि अंग्रेजी भाषाको निवेदन, अंग्रेजीमै लेखिएको प्रस्तावित विधानका साथै ५८ जनाको विवरण र केहीको पासपोर्ट प्रतिलिपी मात्र पेश भएको पाइएको मन्त्रालयले जनाएको छ ।

यसअनुसार अब नेपाली भाषामा प्रस्तावित विधान, संघको आर्थिक स्रोत खुल्ने विवरण, कम्तिमा २५ देशका ५० जना गैरआवासीय नेपालीहरुको परिचयपत्र, पदाधिकारीको विवरण बझाउनुपर्छ । साथै संघको कार्यालय कहाँ रहने पनि खुलाउने पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?