+
+

भूकम्प पीडितका अस्थायी टहरामा निःशुल्क बिजुली

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २५ गते ८:२७
जाजरकोटको भेरी नगरपालिका-३ थाप्लेमा टेन्टभित्र बिजुलीको उज्यालोमा लेखपढ गर्दै भूकम्प पीडित बालबालिकाहरु ।

२५ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्प पीडितहरु बसेका अस्थायी टेन्ट र टहराहरुमा निःशुल्क बत्ती जडान गरेको छ ।

प्राधिकरणले भूकम्प पीडितहरु बसेका टेण्टमा एउटा बल्ब र अन्य खुल्ला तथा सार्वजनिक ठाउँमा बढी उज्यालो दिने ठूला बल्प (भ्यापर लाइट) जडान गरेको छ ।

भूकम्पपीडितहरु बसिरहेका सबै टेण्डमा ४ सयभन्दा बढी बल्ब र खुल्ला ठाउँहरुमा करिब ५० वटा भ्यापर लाइट जडान गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले जानकारी दिए ।

‘भूकम्प पीडितहरुका टेन्टभित्र व्यवस्था गरिएको बिजुलीको मिटर पनि जडान गरेका छैनौं, शुल्क पनि लिएका छैनौं,’ नेपाल विद्युत प्राधिकरण कणर्ाली प्रदेश प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख यादवले भने ।

प्रमुख यादवले प्राधिकरणसँग रहेका बल्बहरु लगेर त्यस भूकम्प प्रभावित क्षेत्रमा जडान गरिएको बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा केही ग्राहकले माइक्रोहाइड्रोबाट विद्युत् आपूर्ति लिइरहेकोमा भूकम्पले क्षति पुर्याएपछि अहिले प्राधिकरणकै प्रणालीबाट विद्युत् आपूर्तिको व्यवस्था गरिएको जानकारी दिए ।

भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षतिपुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरुको मर्मतसम्भार गरी तत्कालै त्यस क्षेत्रमा विद्युत् सुचारु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?