+
+

आम्दानी घटेसँगै नेपाल टेलिकमको नाफा घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते १२:३४

२६ कात्तिक, काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) को आम्दानीमा गिरावट हुँदा नाफा पनि घटेको छ ।

कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को प्रथम त्रैमासको  वित्तीय विवरण अनुसार ग्राहकलाई सेवा प्रवाहबाट हुने आम्दानी साथै वित्तीय आम्दानीमा गिरावटसँगै नाफा घटेको हो ।

नेपाल टेलिकमको वित्तीय विवरणमा गत आर्थिक वर्ष २०७९÷८० को प्रथम त्रैमासमा ग्राहकलाई सेवा बिक्री वापत हुने आम्दानी ५.४३ प्रतिशतले घटेर ८ अर्ब ५८ करोड ५१ लाखमा झरेको देखिन्छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ९ अर्ब ७ करोड ७६ लाख रुपैयाँ थियो ।

यस्तै कम्पनीको वित्तीय आम्दानीमा पनि ७.७८ प्रतिशतले गिरावट भएको छ । गत आवको प्रथम त्रैमासमा १ अर्ब ९० करोड ५२ लाख रुपैयाँ रहेको वित्तीय आम्दानी १ अर्ब ७५ करोड ७० लाखमा झरेको छ ।

कम्पनीको सेवा प्रवाहको आम्दानी र वित्तीय आम्दानी दुबैमा गिरावट भएपनि अन्य आम्दानी ५ करोड ७१ लाखबाट बढेर ३० करोड ६७ लाख रुपैयाँ पुग्दा कम्पनीको कुल आम्दानी भने ३.५४ प्रतिशत मात्रै गिरावट भएको छ ।

गत आबको प्रथम त्रैमासमा ११ अर्ब ४ करोड १ लाख रुपैयाँ कुल आम्दानी रहेको कम्पनीले चालु आबको सोही अवधिमा १० अर्ब ६४ करोड ८८ लाखमा मात्रै आम्दानी गरेको छ ।

कम्पनीको आम्दानीमा भएको गिरावटले कर्मचारी खर्चमा केही कमी आए पनि नाफा घटेको हो । कर्मचारी खर्च २ अर्ब १० करोड १९ लाखबाट २ अर्ब ३ करोड ५३ लाखमा झरेको छ । यस्तै सञ्चालन तथा मर्मत खर्च १ अर्ब ७६ करोड ४० लाखबाट १ अर्ब ५१ करोड ६९ लाखमा झरेको छ । कम्पनीको अधिकांश खर्च घटे पनि आम्दानीमै कमी आउँदा नाफा पनि घटेको हो ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ अर्ब २ करोड ७४ लाख रुपैयाँको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कम्पनीको  नाफा ८.९० प्रतिशतले गिरावट भएको छ । चालु आबको प्रथम त्रैमासमा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ ।  १८ अर्ब रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ४६ पैसाबाट ४५ रुपैयाँ ०५ प्रैसामा झरेको हो ।

कम्पनीको सञ्चित तथा जगेडा कोषमा ७८ अर्ब १३ करोड ३९ लाख पुगेको छ । १९ अर्ब ८८ करोड ९० लाख लगानी गरेको कम्पनीले कर्मचारीलाई ३ अर्ब ७९ करोड ६७ लाख कर्जा दिएको छ ।

प्रथम त्रैमासमा कम्पनीको प्रतिसेयर नेटवर्थ ५३४ रुपैयाँ ८ पैसा, मूल्य आम्दानी अनुपात १८.४७ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?