+
+

नेपाल टेलिकमको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १८:२८

काठमाडौं । नेपाल टेलिकमले भीएएस सेवाको रुपमा सञ्चालन गरेको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागु गरेको छ ।

सरकारले आलाकार्टा शुल्क प्रणाली लागु गर्न दिएको निर्देशन अनुसार टेलिकमले आफ्नो टेलिभिजन सेवा ग्राहकका लागि एनटीटीभी आलाकार्टा शुल्क प्रणाली लागु गरेको जनाएको छ ।

आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी नेपाल टेलिकमले आलाकार्टा शुल्क प्रणाली लागु गरेको जनाएको हो ।

सो प्रणाली अनुसार ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेज वा बेसिक प्याकेजमा आवश्यकता अनुसार बुके प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

बेसिक प्याकेज लिएका ग्राहकहरूले हालका लागि आफ्नो आवश्यकता अनुरुप बुके प्याकेजहहरू खरिद गर्न सक्नेछन् ।

सुरुको ३ महिनाभित्र सम्पूर्ण प्रिमियम प्याकेज सहितको वार्षिक प्याकेज सब्स्क्रिप्सन गर्ने ग्राहकका लागि अफरको रुपमा ३६० रूपैयाँ प्रति महिनाको दरमा प्रिमिय प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ग्राहकले बेसिक एवम् प्रिमियम प्याकेज खरिद गर्न नेपाल टेलिकमको काउन्टरमा भिजिट गर्नुपर्नेछ । बेसिक प्याकेज लिएका ग्राहकले थप बुके प्याकेज खरिद गर्न टीभीको मेनुमा गएर आफैं खरिद गर्न सक्नेछन् ।

यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुची बमोजिमका प्याकेज खरिद गरी सोको मात्र भुक्तानी गर्न सकिन्छ । जसले ग्राहकलाई फाइदा पुग्ने विश्वास कम्पनीको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?