+
+

टिकटक बन्द गर्नु उचित होइन, अराजकता र छाडापन रोक्ने हो : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते १६:४५

२७ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै एउटा मात्र सामाजिक सञ्जाल प्लेटफार्मलाई प्रतिबन्ध लगाउनु उचित नभएको बताएका छन् ।

सोमबार सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि उनले यो उचित नभएको बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित भएन है । अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन ।’

उनले सामाजिक सञ्जालमा प्रस्तुत गरिएको सामग्रीका आधारमा नियमन गरी अराजकता र छाडापन रोक्नु उपयुक्त हुने बताएका छन् । ‘कन्टेन्ट आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो हो । ध्यान देऊ’, महासचिव पोखरेलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?