+
+

एकल अभिभावकले बच्चा हुर्काउँदा के कुरामा ध्यान दिने ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २८ गते १२:३५
प्रतीकात्मक तस्वीर

कुनै कारणले श्रीमान्–श्रीमती छुट्टिएमा सन्तानको जिम्मेवारी आमाबुवामध्ये एकको काँधमा आइपर्छ । एकल अभिभावकत्वको क्रममा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ ।

अमेरिकामा आमाबुवा दुवैसँग बस्ने बालबालिकाको दर हरेक वर्ष घट्दै गएको छ । त्यहाँ करिब एक चौथाई बालबालिका आफ्नो आमा वा बुबासँग बस्छन् । यो प्रचलन अमेरिकामा मात्र सीमित नभई विश्वभर बढिरहेको छ ।

यसको कारण आमा वा बुवा घरपरिवारबाट टाढा रहेर काम गर्ने भएर, घरझगडा तथा सम्बन्ध विच्छेद भएर हुन सक्छ । विज्ञहरू भन्छन्, ‘एकल अभिभावकत्व सकारात्मक विकास होइन । एक जना आमाबाबुसँग बस्ने बालबालिकालाई व्यवहारसम्बन्धी समस्या हुने सम्भावना बढी हुन्छ ।’

बच्चामा व्यवहारसम्बन्धी समस्या

एकल अभिभावकसँग हुर्किएका बच्चामा व्यवहारसम्बन्धी र भावनात्मक आत्मनियमनका कठिनाइ सम्बन्धी समस्या देखा पर्न सक्छ । एकल अभिभावsले बच्चालाई पर्याप्त समय दिन पाएका हुँदैनन् । जसले गर्दा बच्चामा चिडचिडापन, अति सक्रियता र ध्यान केन्द्रित गर्न नसक्ने जस्ता समस्या देखा पर्न सक्छन् ।

एकल अभिभावकसँग हुर्किएका बालबालिकाको भविष्यमा पनि असर

बालबालिका जो एकल अभिभावकको साथमा हुर्केका छन्, उनीहरूले अन्य बालबालिकाको तुलनामा निम्न स्तरको शिक्षा प्राप्त गर्छन् । किनकि सामान्यतया एकल आमाबुबाको आय दुई जनाको जति हुँदैन । त्यसैले अधिकांश एकल आमाबाबुले घरको आवश्यकता पूरा गर्न सक्दैनन् ।

आर्थिक अभावका कारण राम्रो शिक्षा नपाउँदा ती बालबालिकाले भविष्यमा आम्दानी राम्रो हुने काम पाउन सक्दैनन् । यस्तोमा उनीहरूको बाल्यकालसँगै भविष्य पनि आर्थिक अभावमा बित्छ ।

बच्चाको राम्रो हेरचाहका लागि आमाबुवा दुवै सँगै हुनु फाइदाजनक

आमाबुबा दुवै साथमा भए भने बच्चाको हेरचाहका लागि बढी समय र ध्यान दिन पाउँछन् । बच्चाको शारीरिकदेखि मानसिक विकासमा पनि आमाबुवा दुवै साथमा मिलेर बच्चा हुर्काउनु फाइदाजनक हुन्छ । त्यसैले कारण जे सुकै होस्, आमाबाबुले अलग बस्ने कारण खोज्नुको सट्टा आफ्नो परिवारलाई बलियो बनाउन प्रभावकारी तरिका अपनाउनु नै ठीक हुन्छ ।

दोष लगाउनुको सट्टा एकल आमाबाबुलाई मद्दत गर्नुपर्छ

सामाजिक रूपमा एकल अभिभावकहरूलाई दोष दिनुको सट्टा मद्दत गर्नुपर्छ । यसो गर्दा लाखौं बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा सुधार हुनेछ ।

एकल अभिभावकले के गर्ने ?

आफ्नो लागि समय निकालौं । छोराछोरीको ख्याल गर्नुका साथै आफ्नो पनि ख्याल गरौं । चिन्तित रहँदा बालबालिकाको हेरचाहमा समस्या आउन सक्छ ।

आफ्नो र बच्चाका लागि दिनभरिको समय तालिका बनाएर चल्नु राम्रो हुन्छ । एकल अभिभावकको गलत जीवनशैलीका कारण बढी समस्याको सामना गर्नुपर्ने हुन सक्छ । त्यसैले समयतालिका अनुसार चल्नु राम्रो हुन्छ ।

एकल अभिभावकत्वको बेला आफन्त वा आफ्नो नजिकको कसैको मद्दत लिन सक्नुहुन्छ । सुरुमा साथीभाइबाट पनि सहयोग लिन सकिन्छ । एकल अभिभावक बच्चाको साथी बन्नु आवश्यक छ । अभिभावक बनेर भन्दा पनि साथी बनेर बच्चाको कुरा सुन्नुपर्छ । साथी बनेर मात्रै उनीहरूको समस्यालाई पहिचान गरेर समाधान गर्न सकिन्छ ।

दैनिक भास्करबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?