गुनासो गर्यो आज चउरको घाँसले पनि,
मैमाथि आगोको झिल्को खसाल्छ आकाशले पनि
कहिलेकाँही त सकारात्मक पनि बनौँ न महोदय,
केही पाठ त जरुर सिकाउँछ विनाशले पनि
हो, ऊबिना बाँच्न सक्दैनौं हामी थाहा छ,
तर कसैको जीवन अन्त्य गरिदिन्छ बतासले पनि
कसैलाई शङ्का नगर भनेर त धेरै सिकायौ आमा,
तर जिन्दगीभर पोल्दोरहेछ विश्वासले पनि
कहिलेकाँही विनाकारण यति धेरै खुसी हुन्छु,
केवल मेरो साथ तिमी छौ भन्ने आभाशले पनि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4