+
+

मैमाथि आगोको झिल्को खसाल्छ आकाशले…

छवि आले 'निशब्द' छवि आले 'निशब्द'
२०८० कात्तिक ३० गते ६:५३

गुनासो गर्‍यो आज चउरको घाँसले पनि,

मैमाथि आगोको झिल्को खसाल्छ आकाशले पनि

 

कहिलेकाँही त सकारात्मक पनि बनौँ न महोदय,

केही पाठ त जरुर सिकाउँछ विनाशले पनि

 

हो,  ऊबिना बाँच्न सक्दैनौं हामी थाहा छ,

तर कसैको जीवन अन्त्य गरिदिन्छ बतासले पनि

 

कसैलाई शङ्का नगर भनेर त धेरै सिकायौ आमा,

तर जिन्दगीभर पोल्दोरहेछ विश्वासले पनि

 

कहिलेकाँही विनाकारण यति धेरै खुसी हुन्छु,

केवल मेरो साथ तिमी छौ भन्ने आभाशले पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?