+
+

‘दिमाग खराब’को प्रदर्शन नरोकिने, शो बाँडफाँटमा जुट्यो सहमति

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३० गते १७:४९

काठमाडौं । फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित नहुने भएको छ । बिहीबार फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो ।

संघको कार्यालय विशालनगरमा बसेको बैठकपछि महासचिव नरेन्द्र महर्जनले दर्शकको मागअनुसार शो बढाउँदै जाने सहमति जुटेको बताए । चलचित्र संघले बैठकबारे विज्ञप्तिमार्फत पनि जानकारी दिएको छ ।

तर, फिल्म चलुञ्जेल ५० प्रतिशत सेयर कायम गर्नुपर्ने निर्माताको मागमा सहमति जुट्न सकेन । यसका लागि मंगलबार पुनः अर्को चरणको बैठक बस्ने सहमति पनि जुटेको छ ।

चलचित्र संघका उपत्यका सभापति सुरेन्द्र थापाले बैठकको सहमतिअनुसार ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको समेत बताए । बैठकमा फिल्मका तर्फबाट निर्माता, निर्देशक र वितरक सहभागि थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?