+
+

‘दिमाग खराब’का निर्माताले दिएको म्याद आज सकिंदै, टुंगो लगाउन चलचित्र संघमा बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते १२:२१
फाइल तस्वीर

काठमाडौं । प्रदर्शन भैञ्जेल ५० प्रतिशत सेयर नदिए फिल्म उतार्ने भन्ने बारे ‘दिमाग खराब’ निर्माताले दिएको म्याद मंगलबार सकिँदैछ । यसबारे छलफल गर्न चलचित्र संघले दिउँसो बैठक बोलाएको छ जहाँ हल संचालक भेला हुँदैछन् ।

संघका एक सदस्यले फिल्मका निर्माता, निर्देशकसहित हल संचालकलाई छलफलमा बोलाइएको जानकारी दिए । यो छलफलले ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिने वा नदिनेबारे निर्णय गर्नेछ ।

कात्तिक २९ गते निर्देशक निश्चल बस्नेत र निर्माता रौनकविक्रम कडेलले एक विज्ञप्ति जारी गर्दै शोज र सेयर बाँडफाँटको माग पुरा नभए फिल्म उतार्ने घोषणा गरेका थिए । त्यसको भोलिपल्ट बसेको संघ र निर्माताबीचको छलफलमा शो बाँडफाँटबारे सहमति जुटेको थियो ।

तर, सेयर बाँडफाँटमा सहमति नजुटेपछि पुनः मंगलबार बैठक बस्ने जनाइएको थियो । ‘आजको बैठकमा सबै हल संचालकको राय संकलन र फिल्मको मंगलबारको प्रदर्शनको अवस्थाबारे हेरेर टुंगो लाग्नेछ’ एक सदस्यले अनलाइनखबरसँग भने ।

‘दिमाग खराब’ले दोस्रो सप्ताहन्तसम्म घरेलु बक्सअफिसमा उत्साहजनक ब्यापार गरेको छ । दोस्रो सप्ताहन्तमा त यसले विदेशी फिल्मलाई समेत चुनौति दिएको देखिएको छ । तर, सोमबारदेखि सबैजसो फिल्मको अकुपेन्सीमा गिरावट आएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?