+
+

चलचित्र प्रदर्शक र निर्माता बुधबार पुनः वार्तामा बस्ने, ‘दिमाग खराब’को प्रदर्शन यथावत

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते २१:४१
निर्माता अशोक शर्मा (बायाँ) र प्रदर्शक राजकुमार पोखरेल ।

काठमाडौं । चलचित्र संघ र निर्माता संघबीच मंगलबार अबेरसम्म चलेको वार्ता निष्कर्षविहिन भएको छ । वार्ता पुनः बुधबार बस्ने गरि सकिएको निर्माता संघका वार्ता टोली संयोजक अशोक शर्माले जानकारी दिए ।

झण्डै चार घण्टा चलेको वार्तामा निर्माताले पाउनुपर्ने शेयर, हलमा ट्रेलर तथा पोस्टर लगायतका प्रचार सामाग्रीको प्रयोग लगायतका मुद्दामा छलफल भएको थियो ।

‘सकारात्मक तरिकाले वार्ता अघि बढेको छ । आजको वार्तामा शेयर मात्र नभएर दुई संस्थाबीचका एजेण्डामा कुराकानी भए । भोलि बुधबार पुनः वार्ता बस्नेछ’ शर्माले अनलाइनखबरसँग भने ।

मंगलबारको वार्तास्थल गोप्य राखिएको थियो । बुधबार भने चलचित्र संघको कार्यालय विशालनगरमा वार्ता हुने तय भएको छ । निर्माता संघका तर्फबाट शर्मा र चलचित्र संघको तर्फबाट राजकुमार पोखरेलले वार्ता टोलीको नेतृत्व गरेका थिए ।

‘दिमाग खराब’को प्रदर्शन निरन्तर

फिल्म ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिने सहमति वार्ताकारले गरेका छन् । ‘फिल्म पनि कन्टिन्यू गर्ने र वार्ता पनि अघि बढाउने कुरा भएको छ’ शर्माले भने ।

दुई संस्थाको वार्ताको लागि भनेरै हलहरुले मंगलबार राती ९ बजेसम्म बुधबारको लागि ‘दिमाग खराब’को शोज सार्वजनिक गरेका थिएनन् । तर, फिल्मको प्रदर्शनलाई निरन्तरता दिने सहमतिपछि भने शोज पब्लिस गरिएको छ ।

फिल्मका वितरक गोविन्द शाहीले पनि फिल्मको प्रदर्शन यथावत हुने बताए । ‘वार्ता सकारात्मकरुपमा अघि बढेको छ । सोहीअनुसार फिल्मको प्रदर्शन पनि निरन्तर हुन्छ’ उनले भने ।

दिमाग खराबका निर्माता र निर्देशकले मंगलबारसम्म फिल्म चलुन्जेल ५० प्रतिशत सेयर पाउने सुनिश्चित नभए बुधबारदेखि फिल्म उतार्ने बताएका थिए । त्यसपछि चलचित्र संघ र चलचित्र निर्माता संघ वार्तामा अघि बढेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?