+
+
Shares

ऊर्जामन्त्री श्रेष्ठ र एडीबीका नेपालस्थित निर्देशक कोसवाबीच भेट

भेटमा भोटेकोशीको बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्याङ्कन, जलवायुमैत्री विद्युत् पूर्वाधार निर्माणमा सहकार्य र सहयोग गर्ने विषयमा छलफल भएको छ ।

रासस रासस
२०८३ असोज ८ गते २०:३९

८ असोज, काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी) का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोसवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरेका छन् ।

भेटमा भोटेकोशीको बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्याङ्कन, जलवायुमैत्री विद्युत् पूर्वाधार निर्माणमा सहकार्य र सहयोग गर्ने विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री श्रेष्ठले मन्त्रालयले बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठन गरेर अध्ययन गरिरहेको जानकारी गराए ।

यसैगरी, अबको कोरिडोर कस्तो हुनुपर्छ भनेर प्राविधिक रुपमा अध्ययन गर्न मन्त्रालयकै प्राविधिक टोली बनाइएको उनले जानकारी गराएको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले मन्त्रालयले अध्ययनपश्चात् एकीकृत अवधारणापत्र बनाउन लागेको बताए ।

एडीबीका राष्ट्रिय निर्देशक कोशवाले मन्त्रालयको विज्ञ र प्राविधिक टोलीसँग सहकार्य गर्न तयार रहेको बताए । ्

ऊर्जा क्षेत्रको समग्र विकासका लागि एडीबीका तर्फबाट वैज्ञानिक र प्राविधिक सहयोग गर्ने इच्छा व्यक्त गर्दै राष्ट्रिय निर्देशक कोशवाले क्षति मूल्याङ्कन र आगामी रणनीतिमा सघन काम गर्ने प्रतिबद्धता जनाए ।

भेटमा दूधकोशी जलविद्युत् आयोजनाको शिरमा हिमतालहरु रहेको र जलवायु परिवर्तनको असर कस्तो पर्छ भनेर जोखिमको अध्ययन एडीबीले गरिरहेको जानकारी राष्ट्रिय निर्देशक कोशवाले गराएका थिए ।

मन्त्री श्रेष्ठले यस्ता अध्ययन अन्य बेसिनहरूमा पनि गर्नुपर्नेमा जोड दिए । यसमा एडीबीको सहयोग महत्वपूर्ण हुने बताएका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?