+
+

नक्कली नोटसहित वीरगञ्जमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १६:०१

१ मंसिर, वीरगञ्ज । नक्कली नोटसहित पर्साको वीरगञ्जमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका ३ का उमेश कुमार छन् ।

वीरगञ्जको सिटी मार्केटमा कपडा खरिद गरेर नक्कली नोटहरू दिएको सूचना पाएपछि खटिएको प्रहरी टोलीलेउनीहरुलाई पक्रेको जिल्ला प्रहरी कार्यालय पर्सका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

उनीहरुको साथबाट १ हजार दरका ३८ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको थापाले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?