 
																			३ मंसिर, झापा । झापाको मेचीपुल र सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना शनिबार दिउँसो पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१० धुलाबारी बस्ने २० वर्षीय रोहित कुमार पोदार र शिवसताक्षी नगरपालिका-१ बस्ने २९ वर्षीया कमला राउत रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले रोहित कुमार पोदारलाई मेचीनगर नगरपालिका-६ मेचीपुलबाट ३ ग्राम ३ सय मिलिग्रामसहित पक्राउ गरेको हो ।
साथै प्रहरी चौकी टाघनडुब्बा र बिओपी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले कमला राउतलाई झापा गाउँपालिका-४ स्थित सुकुम्बासी टोल जाने बाटोबाट १ ग्राम ७ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4