+
+

सशस्त्र प्रहरीद्वारा रौतहटमा ४ थान अत्याधुनिक हतियार बरामद

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १८:२१

३ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेको छ ।

इन्टेलिजेन्स ब्युरोले रौतहटस्थित यमुनामाई नगरपालिका -३ स्थित एक घर बाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नाल समेत बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले बताए ।

सो घरमा हतियार लुकाएर राखिएको भन्ने बिशेष सूचनाको आधारमा ब्युरोले आइतबार दिउँसो खानतलासी गरेको थियो । बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नाल मेड इन इन्डिया लेखिएको छ ।

हतियार सहित मोबाइलको सोमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकता समेत बरामद भएको डीएसपी थापाले जानकारी दिए ।

हतियार बरामदपछि स्थानीयबासिन्दाले ढुङ्गामुढा गर्दा प्रस्तावित सिमा सुरक्षा गुल्म गौर र सुरक्षा बेश देबाहीको गाडीको सिसा फुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?