+
+

प्रसाईंको हतियारबारे छानबिन गर्न बनेको समितिले माग्यो थप १० दिन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते २०:१०

३ वैशाख, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले हतियारको लाइसेन्स पाएको सन्दर्भमा छानबिन गर्न बनेको समितिले गृह मन्त्रालयसँग १० दिन थप समय मागेको छ ।

केही परीक्षणको रिपोर्ट प्राप्त नभएको र प्रतिवेदन लेखनको कामसमेत सक्न समय लाग्ने भन्दै सह–सचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको चार सदस्यीय समितिले समय थप गर्न माग गरेको हो । समितिमा गृह मन्त्रालयका उपसचिव ऋषि पौडेल, एकदेव अधिकारी र नेपाल प्रहरीका एसपी सन्तोष भट्टराई छन् ।

एक सदस्यका अनुसार हतियारबारे परीक्षण गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई गरिएको पत्राचारको जवाफ प्राप्त भइसकेको छैन । ‘हेडक्वार्टरबाट रिपोर्ट आइनसक्दा अलि समय लाग्यो, थपिएको अवधिमा प्रतिवेदन लेखनको काम पनि सक्नेछौं,’ समितिका ती सदस्यले भने ।

प्रसाईंका सुरक्षागार्ड ५ चैतमा अत्याधुनिक हतियारसहित सर्वोच्च अदालतको गेट अगाडिबाट पक्राउ परेका थिए । त्यसबेला उनले जिल्ला प्रशासन कार्यालय, झापाबाट लिएको हतियारको लाइसेन्स समेत देखाएका थिए । यसपछि छानबिन गर्न भन्दै मन्त्रालयले समिति गठन गरेको थियो ।

त्यसबेला समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?