+
+

१९ वर्षपछि दार्जिलिङको खर्साङमा गुञ्जियो १९७४ एडी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते १२:४०

काठमाडौं । चर्चित रक ब्याण्ड १९७४ एडी १९ वर्षपछि दार्जिलिङको खर्साङमा गुञ्जिएको छ । खर्साङ बजारभन्दा १२ किलोमिटर तलको रोहिणी ताल र चिया बगान छेउमा बनाइएको भव्य स्टेजमा ब्याण्डले आइतबार आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई झुमायो ।

करिब २५ सयभन्दा धेरै दर्शकलाई बढ्दै गएको चिसो बिर्साउने गरी ब्याण्डले ‘तिमीलाई पिरतीले’, ‘छुँदैन’, ‘हिंड्दा हिंड्दै’, ‘पिंजडाको सुँगा’, ‘पहिलो जुनीमा’, ‘परेलीमा’, ‘सम्बोधन’ लगायत चर्चित गीत सुनायो । ‘जंगी निशान’ नामको इन्स्ट्रुमेन्टल पिसबाट बजाउन थालेको कन्सर्टमा ब्याण्डले आफ्नो चर्चित इन्स्ट्रुमेन्टल पिस ‘आइरिस क्याफे’ पनि प्रस्तुत गर्‍यो ।

खर्साङमा विगत पाँच वर्षदेखि चलिरहेको ‘पाइन ट्रि म्युजिक फेस्टिभल’ले ब्याण्डलाई प्रमुख आकर्षण अर्थात् ‘हेडलाइनर’ को रूपमा निमन्त्रणा गरेको थियो । उक्त निमन्त्रणाले ब्याण्डलाई लगभग १९ वर्षपछि खर्साङ पुर्‍याएको थियो । खर्साङमा सन् २००४ मा भएको कन्सर्टलाई प्रत्यक्ष हेरेको सम्झिने धेरै श्रोता-दर्शक १९७४ एडी ब्याण्डको पुनरागमन हेर्न पाउँदा उत्साहित थिए ।

खर्साङको टुर सकिएसँगै डिसेम्बर २ मा दुबई, डिसेम्बर ३ मा आबुधाबी, डिसेम्बर ९ मा पोखरा, डिसेम्बर ११ मा बिर्तामोड र डिसेम्बर १५ मा काठमाडौंमा कन्सर्ट हुने तयारी रहेको ब्याण्डका व्यवस्थापक सञ्जय श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?