
४ मंसिर, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ भिरबारीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सोमबार विहान साढे ९ बजे भिरबारीस्थित भित्री सडक खण्डमा तोप्सेबाट लामागेतर्फ जाँदै गरेको ग १ त ४९८७ नम्बरको ट्याक्टर सडकमै पल्टिँदा दाङको दंगीशरण गाउँपालिका-४ का २८ वर्षका रामहरि चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4