+
+

कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, १७ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते ८:२३

५ मंसिर, धनगढी । कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिका-४ मा सोमबार साँझ से१ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका-२ की ५८ वर्षीया शोभा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार बिकको घटनास्थलमै मृत्यु भएको हो भने ट्रकमा सवार अन्य १७ जना घाइते भएका छन् ।

उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबै डोटीको जोरायल गाउँपालिका क्षेत्रका रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको धनगढीको सेती प्रादेशिक अस्पताल, माया मेट्रो अस्पताल र अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि मिनी ट्रक चालक फरार भएका छन् । तिहार मनाएर पहाडी जिल्लाबाट तराई फर्किनेहरुको भीडभाडका कारण सार्वजनिक गाडीमा सिट नपाएर उनीहरु मिनी ट्रकमा आएको हुनसक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?