+
+

हत्याको १६ वर्षपछि घटनामा संलग्न २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १३:००

६ मंसिर,विराटनगर । हत्या भएको १६ वर्षपछि प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

व्यक्तिको हत्या गरेर शवलाई जंगलमा गाडेको घटनामा संलग्न मिक्लाजुङ गाउँपालिका–१ का ७० वर्षीय देवीप्रसाद राई र ५० वर्षीय धनकुमार राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

देवीप्रसाद मंगलबार र धनकुमार गत शनिबार पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए । उनका अनुसार दुवै जनालाई गाउँघरमै  बसेको अवस्थामा पक्राउ गरिएको हो ।

मिक्लाजुङ–१ (साविकको रमितेखोला गाविस–४) का ३५ वर्षीय सन्तोष राईको २०६४ जेठ २० गते राति हत्या भएको थियो । सन्तोषको हत्यापछि जंगलमा लगेर शव गाडिएको थियो । सो घटनामा संलग्न दुवैलाई  जिल्ला अदालत मोरङले  २०६७ सालमा दोषी ठहर गर्दै जनही ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

फरार रहेका देवीप्रसाद र धनकुमारलाई पक्राउ गरेर मंगलबार अदालतमा पेस गरिएको डीएसपी दाहालले बताए । अदालतले देवीप्रसाद र धनकुमारलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?